काठमाडौं ।
सर्वोच्चको फैसला पछि उत्पन्न राजनीतिक घटनाक्रमा वारे छलफल गर्न प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी एकिकरणलाई अदालतले खारेज गरिदिए पछि उक्त समूहले आफु पक्षको स्थायी कमिटि बैठक बोलाएको हो । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संसद पुनःस्थापना पछि पहिलो बैठक बस्न नपाउदै अदालतले राजनीतिक विवाद फरक मोडमा पुग्ने गरि फैसला गरे पछि अहिले दलहरु छलफलमा जुटेका हुन् । नेकपा पार्टीको आधिकारीकता नै खोसीए पछि पूर्व एमाले र माओवादी केन्द्र पुनः व्यतीएका छन् ।
सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् :