काठमाडौं ।

नेकपा ओली समूहले संसदीय दलमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
शनिबार बालुवाटारमा सम्पन्न संसदीय दलको बैठक पछि बोल्दै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बहुमत सांसद उपस्थित भएको दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा बहुमत सांसद् उपस्थित भएको भट्टराईले संचारकर्मीलाई जानकारी गराएका थिए ।
राष्ट्रिय सभाका प्रमुख सचेतक समेत समेत रहेका सांसद् भट्टराईले भने, बैठकमा १ सय १५ सांसद उपस्थित थिए ।
उनले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित भएको बताए ।
यो वाहेक थप सांसद पनि ओली पक्षमा रहेको दावी गदै भट्टराईले संसदमा त्यो मत देख्न सकिने बताए । भट्टराईका अनुसार आजको बैठकमा ११५ सांसद उपस्थित भएको र थप २० सांसद थपिने भन्दै प्रधानमन्त्रीले ढुक्क हुन आग्रह गरेको बताए । आफ्नो समूहसंग बहुमत रहेको दावी गरेरहेका भट्टराईले प्रधानमन्त्रीविरुद्ध अविश्वासको ल्याउन कसैले हिम्मत नगर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस् :