काठमाडौं ।
नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । सरकारसंगको वार्ता निश्कर्षमा पुगे पछि विप्लव सार्वजनिक भएका हुन् ।

करिब ३ वर्ष देखी भुमिगत रहेका महासचिव विप्लव नवलपुरमा सहिद परिवार भेटघाट गदै तस्बिर सार्वजनिक गरेका हुन् । उनी नवलपुरबाट काठमाडौ तर्फ प्रस्थान गरेका छन् । सहिद–सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारूको परिवारलाई भेटघाट गर्दै महासचिवले टिका लगाएका छन् ।
सहिद फूलमाया सारूको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकी कारवाहीको क्रममा मृत्यु भएको थियो ।
विप्लवलाई सरकारले हेलिकोप्टर लिन पठाउने भने पनि स्विकार नगरेको उनि निकट स्रोतले बताएको छ । उनी गाडीबाट काठमाडौं आउदै छन् । आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मन्चबाट सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया लेख्नुहोस् :