काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलका उप–नेता सुवास नेम्वाङ सहित सात जनालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उक्त पार्टीको कार्यालय परिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
निलम्बन हुनेमा शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पनि ६ महिना निलम्बनको निर्णय गरेको छ । यसअघि प्रचण्ड- माधव समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ, भने महासचिवबाट विष्णु पौडेललाई पनि हटाएको छ ।
निलम्बन हुने नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले केही दिन अघी नियुक्त पाएका प्रमुख सचेतक हुन् ।
बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङलाई पनि हटाएको ।
संसद बैठक बस्ने मिति नजिकिदै जादाँ नेकपा भित्रको शक्ती संघर्ष उचाइमा पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :