काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् ।

भट्टराइले एक सयभन्दा बढि सांसद प्रधानमन्त्रीको साथमै रहेको बताउदै आवश्यक परे त्यो देखाउन आफूहरु तयारी रहेको बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको ठोकुवा गरे ।
प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ, सचेतक भट्टराइले भने । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं, उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भनेपनि एक सयभन्दा बढि सांसद छन् ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले चेतावनी दिए। उनले प्रचण्ड र माधव नेपाललाई अहिले पनि सच्चिने ठाउँ रहेको बताए ।
तस्बिर सौजन्यः रिपोटर्स क्लव
प्रतिक्रिया लेख्नुहोस् :