काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
नेपालका लागि साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेदले शुक्रबार राष्ट्रपति समक्ष परराष्ट्र मन्त्री डा. नारायण खड्काको उपस्थितिमा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
त्यसैगरी शुक्रबार नै स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबर्ट म्याक्सियनलेसमेत राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।