काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला फागुन २० गते हुने भएको छ ।

सर्वोच्च अदालतमा ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाइ आज सकिएसगै फैसलाको मिति तय भएको हो ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो ।
निर्वाचन आयोगमा पहिलेनै दर्ता भएको पार्टी केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारीकता दिए पछि अदालतमा मुद्धा परेको थियो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै रिट दायर गरेका थिए । आयोगको निर्णयविरुद्ध कट्टेलले दायर गरेको मुद्धाको फैसला हुने भएको हो ।
ओली र प्रचण्ड नेतृत्वको नेकपामा देखिएको आधिकारीकता विवाद यो फैसला पछि नयाँ मोडमा पुग्ने छ ।
प्रतिक्रिया लेख्नुहोस् :