काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहले सांसदलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसगै नयाँ राजनीतिक अवस्था वारे छलफल गर्न उक्त समूहले सांसलाई बोलाएको हो ।
अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव समूह छलफलमा जुटेको हो ।
उक्त समूहले आन्तरिक छलफल र अन्य दलसंगको छलफललाई पनि अगाडी बढाउने बताएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, जसपा र अन्य दलसंग वर्तमान राजनीतिक अवस्था र निकाश वारे छलफल गर्ने बताएका छन् ।
उक्त समूहका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल चितवनबाट काठमाडौं फर्कदै छन् । फैसला भएको १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।
संसद बैठक अगावै दलहरु नयाँ समिकराण लागेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :