पोखरा ।
हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना छ ।
राति देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिक्रिया लेख्नुहोस् :