पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बुवाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

अन्नपूर्ण गाँउपालिका–३ घर भई हाल पोखरा महानगर- ३२ महकुना बस्ने ५८ वर्षीय जुम बहादुर कामीको हत्या आरोपमा ३४ वर्षीय छोरा रामकृष्ण पक्राउ परेका हुन् ।
बावु छोरा बिच बिवाद हुदाँ छाराले चारपाटे अग्लोले ढोकामा लागाउे काठको दाउरो प्रहार गर्दा बुवाको मृत्यु भएको जिल्ला प्हरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिए ।
अग्लोमा रगतको पदार्थ टाटो लागेको अवस्थामा भेटिएको छ । घरको भर्याङबाट लडेर मृत्यु भएको भन्ने जानकारीको आधारमा घटना स्थाल पुगेको प्रहरीले अनुसन्धान गर्दा छोराको संलग्नता रहेको पाए पछि उनलाई फागुन १० गते प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस् :