काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शन्तिपूर्ण युद्ध चलिरहेको बताएका छन् । पुस ५ पछि अहिले सम्म पनि युद्धमा रहेको बताउदै प्रचण्डले प्रतिगमनविरुद्ध शान्तिपूर्ण युद्ध चलिरहेको बताए । त्यो युद्ध रक्तपातहीन रहेको उनको भनाइ छ । जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोन गर्दै प्रचण्डले भने, अहिले युद्ध हामीले जित्नुछ ।

‘हामी रक्तपातविहीन युद्धमा छौं, हामी अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा छौं ।
हाम्रो अदालत प्रति विश्वास छैन भन्ने मैले खोजेको छैन । सही फैसला आउछ भन्ने विश्वास छ ।
पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले, केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर, फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।
पार्टी विभाजन गर्ने काम भइरहेको छ र हामी भइनै सकेका छौं । हामी अहिले बाँकी जो छौं, पार्टी एकताको पक्षमा छौं। हामीले एकताको झण्डा उठाएका छौं । तर, केपी ओली संविधान र पार्टी विघटनतिर जानुभयो ।’
एक थरी मान्छेहरुले क्रान्तिकारी युद्धमा भएका त्याग र बलिदाननलाई स्थापित गर्न चाहदैनन् त्यसलाई महोत्व दिन चाहदैनन, त्यासलाई गाड्न चाहन्छन्, चिहानमा प्रचण्डले भने ।
हामी पुरै विजयी भएर आएको हैनौँ, राज्यसंग सम्झौता गरेर आएका हौँ । अर्को पक्षले यो सम्झौलालाई स्विकार गर्न सकेन, सक्दैन पनि, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस् :