काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका डा. भट्टराई आज बिहान ९ बजे अस्पतालमा भर्ना भएका हुन् । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।
पेट सम्बन्धी समस्याबाट पीडित उनी काठमाडौंमा स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उनलाई दिल्ली लैजान सुझाव दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् :