काठमाडौं।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजिनामा नदिएको स्पष्ट पारेका छन् ।
केही संचार माध्यममा राजीनामा दिएको हल्ला चलाएर आफूमाथि षड्यन्त्र गर्न खोजिएको खरेलले बताए । ‘मैले राजीनामा दिएको छैन, राजीनामा गर्नुपर्ने परिस्थिति पनि छैन, खरेलले भने,‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।
प्रतिनिधिसभा विघटनको मुद्दाको बहसमा मधान्यायाधिवक्ता खरेलले कमजोर बहस गरेको कारण देखाउदै राजिनामा दिएको भन्ने हल्ला फैलिएको थियो ।
अनलाइन सञ्चारमाध्यम र सामाजिक संजालमा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस् :