काठमाडौं ।
मेलम्ची खानेपानी सुरुङको परिक्षण सफल भएको छ । आज सुरुङमा पानी भरेर परिक्षण गरेको थियो। मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री मणि थापाले आज मेलम्ची पुगेर सुरुङमा पानी शुभारम्भ गरेका थिए ।
तीन चरणमा परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउने आयोजनाले बताएको छ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्चीमा सुरुङ प्रवेशद्वार ९गेट०को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।
यसअघि पनि धेरै पटक सुरुङमा पानी हालेर परिक्षण गरिएको भएपनि सफल हुन सकेको थिएन् । गत असारमा पानी परीक्षणको क्रममा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् :