• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

in पर्यटन
२०७७, १० फाल्गुन सोमबार ११:०१
0
मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा
15
SHARES
28
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो ।

ads
×

पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।

मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ ।

पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वद्र्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले रु ६० लाख र मन्त्रालयले रु एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् ।

दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ । सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ शुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो । त्यो समयमा बालबालिका र बूढाबूढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो ।

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ ।

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताए । गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए ।

यहाँको २०० रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ । मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो । पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवद्र्धनका लागि झण्डै रु आठ करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) बनाएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए ।

सम्बन्धित समाचार

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
पर्यटन

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव

‘भ्यालेन्टाइन डे’मा महिला पर्यटन व्यवसायीको पदयात्रा प्रेम (फोटो फिचर सहित)
पर्यटन

‘भ्यालेन्टाइन डे’मा महिला पर्यटन व्यवसायीको पदयात्रा प्रेम (फोटो फिचर सहित)

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
पर्यटन

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

यति एयरलाइन्सले पोखरा–सिमरा हवाई उडान गर्ने
पर्यटन

यति एयरलाइन्सले पोखरा–सिमरा हवाई उडान गर्ने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

प्रधानमन्त्री ओली आउने भएपछि पोखरामा सुरक्षा सतर्कता उच्च

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

म्यानमारमा प्रर्दशनकारीमाथि गोली प्रहार, १८ जनाले ज्यान गुमाए, ३० घाइते

ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे

लाइसेन्स छपाइको काम रोकियो

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

प्रधानन्यायाधीशको भूमिकाप्रति कानुन व्यवसायी असन्तुष्ट

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत

राजनीतिक दलको ध्यान संसदमा

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.