• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रधानमन्त्रीबाट उपराष्ट्रपतिको अपमान

in राजनीति
२०७७, १० फाल्गुन सोमबार ०८:४४
0
उपराष्ट्रपति र सभामुखद्वारा सपथग्रहण समारोह बहिष्कार
99
SHARES
184
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

ads
×

उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए। तर प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन्।

फागुन ७ गते टुँडिखेलमा प्रजातन्त्र दिवसको कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो। कुाराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर सार्वजनिक रूपमै राजनीतिक भाषण गरेको भन्दै उनीप्रति असन्तुष्टि पोखेका थिए। उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।

ओलीले पुनसँग प्रतिवाद गर्न खोजेको हो त भनेर प्रश्न गरेका थिए। त्यसपछि उपराष्ट्रपति पुनले तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने भनेपछि ओली आफ्नो आसनतिर गएका थिए। उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेका थिए।

उपराष्ट्रपति पुनले पत्रकार महासंघको कार्यक्रममा देश अहिले राजनीतिक संकटको भुमरीमा रहेको बताएका थिए। ‘प्रतिनिधिसभा विघटन गरिएको छ।

यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन्। नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध भन्नुभएको छ।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टी, संघसंस्थाका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ’, उपराष्ट्रपति पुनले महासंघको कार्यक्रममा भनेका थिए।

उपराष्ट्रपति पुनको यही भनाइलाई लिएर प्रधानमन्त्री ओलीले विराटनगरमा भएको आमसभामा पनि असन्तुष्टि प्रकट गरेका थिए। सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन र सभामुख सापकोटाको चर्काे आलोचना गरेका थिए। उपराष्ट्रपति र सभामुखलाई उनले सरकारविरुद्ध झगडियाको संज्ञा दिँदै आलोचना गरेका थिए।

मर्यादाक्रममा पनि प्रधानमन्त्रीभन्दा उपराष्ट्रपति माथि हुन्छन्।

उनलाई ओलीले सम्मान गर्नुपर्ने ठाउँमा प्रजातन्त्र दिवसका अवसरमा अपमान मात्रै गरेनन्, शनिबार विराटनगरमा आफ्नो समूहबाट आयोजित सभामा पनि आलोचना गरे। यसबाट प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको मर्यादा कायम राख्न नसकेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।समाचार साभारः नागरिक दैनिक 

सम्बन्धित समाचार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
राजनीति

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु
राजनीति

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

ओली समूहको युवा संघ चितवनको संयोजकमा शुसिल केसी
राजनीति

ओली समूहको युवा संघ चितवनको संयोजकमा शुसिल केसी

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.