• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

सहमति र सहकार्यबाट देशलाई अघि बढाऔं : प्रदेश प्रमुख शेरचन

in अर्थ, राजनीति
२०७७, ८ फाल्गुन शनिबार १९:४५
0
सहमति र सहकार्यबाट देशलाई अघि बढाऔं : प्रदेश प्रमुख शेरचन
18
SHARES
34
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आपसी सहमति र सहकार्यबाट देशलाई अघि बढाउनुपर्ने बताएका छन् । पोखराका सात जना युवा व्यवसायीहरूद्वारा सामूहिक रुपमा १० करोड रुपैयाँ लगानीमा खोलिएको पोखरा–८, सिमलचौरस्थित सेभेन स्टार फुड एण्ड मार्ट प्रालिको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।

ads
×

उनले व्यवसाय मात्र नभइ देश पनि सामूहिक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । युवा व्यवसायीहरूले सामूहिक रुपमा गरेको लगानीले अन्य युवाहरूलाई समेत प्रोत्साहित गर्ने बताउँदै उनले व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक सोंचको विकास गर्नुपर्नेमा जोड दिए ।

व्यापारमा मात्र नभइ उद्योगमा समेत लगानी गर्न व्यवसायीहरूलाई आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले दीर्घकालीन सोंचका साथ व्यवसायलाई अघि बढाउन सुझाव दिए । युवाहरू विदेश पलायन हुनबाट रोक्नुपर्ने भन्दै उनले स्वदेशमै बसेर उत्पादनमा लाग्ने वातावरण बनाउनु आवश्यक भएको बताए । नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न देश भएको भन्दै प्रदेश प्रमुख शेरचनले स्वदेशकै कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गरे रोजगारी सिर्जना गर्नुपर्ने भनाइ राखे ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विभिन्न राजनीतिक आन्दोलनमा युवाहरूले योगदान पु¥याएको भन्दै अब भने आर्थिक क्रियाकलापमा जोडिनुपर्ने आवश्यकता औंल्याए । आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउन नसके अरु कुराको अर्थ नहुने भन्दै उनले सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीलाई धेरै हदसम्म सहज वातावरण दिलाएको उल्लेख गरे ।

अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले राजनीतिज्ञहरू पनि व्यवसायमा जोडिनुपर्ने भन्दै धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताए । बैंक तथा वित्तीय संस्थाहरू अझै पनि व्यवसायमैत्री बन्न नसकेको भन्दै उनले सामूहिक लगानीमा स्थापित व्यवसायलाई दिगो बनाउन सामूहिक भावनाले अघि बढ्न सुझाव दिए ।

पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले युवा व्यवसायीहरूले थालेको व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले समेत सहज वातावरण बनाउन सघाउनुपर्ने भन्दै भाषणले मात्रै समृद्धि हासिल नहुने उल्लेख गरे ।

पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले युवा व्यवसायीहरूले नाफामुखी मात्र नभइ सामाजिक भावना समेत राखेर व्यवसाय शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै सामूहिक व्यवसायलाई अघि बढाउन दरिलो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

सेभेन स्टार फुड एण्ड मार्टका अध्यक्ष इन्द्रप्रसाद भुवाई “राजु”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मार्टका सञ्चालक डिल्लीराम पनेरूले गरेका थिए । मार्टका सात जना सञ्चालकहरूमा अध्यक्ष भुवाई र सञ्चालक पनेरूसहित बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, सूर्यराज घिमिरे, अर्जुन अधिकारी र कृष्णबहादुर रानाभाट रहेका छन् ।

 

सम्बन्धित समाचार

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता
राजनीति

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा
राजनीति

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’
राजनीति

नेकपा कसको? सर्वोच्च अदालत आज फैसला

विप्लव समूहको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल
राजनीति

विप्लव समूहको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

संसद बैठक पहिले प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

प्रचण्ड–माधव समूहले भन्योः पूर्वप्रधानन्यायाधीलाई नधम्क्याऊ,निरंकुश र अधिनायकवादी चरित्र रोक्न ओलीलाई चेतावनी

संसद बैठक सुरु हुन पहिले सभामुखसंग प्रचण्ड–मावध समूहको छलफल

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.