• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न निगमले गर्यो कडाइ

in अर्थ
२०७७, ८ फाल्गुन शनिबार ०८:३८
0
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
5
SHARES
9
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौँ।

ads
×

भारततर्फ पेट्रोल, डिजेलको चोरी निकासीका घटना बढ्न थालेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ ।
निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न शुक्रबार निर्देशन पठाएको छ । नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपियाँ र डिजेल प्रतिलिटर ४१ रुपियाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो ।

फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगञ्ज महानगरपालिका–२२, जगरनाथपुरस्थित जय श्वेता आयल ट्रेडर्सबाट अवैध रूपमा डिजेल भारततर्फ निकासी गर्ने क्रममा ना. ७ ख १५११ नम्बरको ट्याङ्करका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

निगमले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पमा निगरानी बढाएको छ । पम्पहरूको दैनिक खरिद बिक्रीको तथ्याङ्क राख्न प्रादेशिक कार्यालयलाई निगमले निर्देशन गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुुभयो । उहाँका अनुसार पम्पहरू निगरानीमा राख्ने काम सुरु भएको छ ।

निगमका अनुसार प्रादेशिक कार्यालयहरूले सीमा क्षेत्रमा दैनिक पाँचवटा पम्पको निरीक्षण गरी आवश्यक विवरण सङ्कलन गरिने भएको छ । पम्पहरूले दैनिक बिक्री वितरणको विवरण राख्नुपर्ने व्यवस्था गरिएको छ ।

ड्रम, जर्किन, बोतलजस्ता भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण पूर्णतः बन्देज लगाउन निगमले निर्देशन गरेको छ । भारततर्फ जाने ठूला सवारीसाधन बस, ट्रक तथा ट्याङ्करलाई अधिकतम एक सय लिटरभन्दा बढी तेल बिक्री नगर्न निर्देशन गरिएको छ ।

निगमले सीमा क्षेत्रमा चेकजाँच कडाइ गरिएको जनाएको छ ।समाचार साभारः गोरखापत्र 

सम्बन्धित समाचार

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

नेपालको अर्थतन्त्र पहिलोपटक मन्दीमा

इन्डोनेशिया विमान: उडेलगत्तै यात्रुवाहक विमान बेपत्ता
अर्थ

हवाई भाडा बढ्यो

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ विक्री आजबाट खुला
अर्थ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ विक्री आजबाट खुला

राहत प्याकेज कार्यान्वयन गर्न आग्रह
अर्थ

अब मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाइने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

औधोगिक क्षेत्र शिलन्यास गर्न गएका अर्थमन्त्री पौडेललाई बुटवलमा स्थानियले लखेटे (भिडियो सहित)

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको संसदीय दल बैठक आज बस्दै

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.