• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

in पर्यटन
२०७७, २ फाल्गुन आईतवार ०८:५०
0
झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् ।

ads
×

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ ।

यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।

कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा रु चार करोड ४९ लाख विनियोजन हुने भएको छ । रु छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि रु चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।

प्रस्ताव आह्वान गरी छनोट गरिएका झापाका अन्य पर्यटकीय गन्तव्यमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिलसिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत रु पाँच करोडका दरले अनुमान गरिएको छ भने मन्त्रालयले भने रु तीन करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ ।

यस्तै रु एक करोड ५० लाख कुल लागत अनुमान रहेको दमक नगरपालिकाको इन्द्रेणी तालका लागि रु ९८ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

झापामा छनोट गरिएका योजनाहरुको कुल लागत रु ४३ करोड ८३ लाख अनुमान गरिएको भए पनि यो वर्ष मन्त्रालयले रु ३३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । बाँकी रकम साझेदारका रूपमा स्थानीय तहले स्रोत जुटाउने उल्लेख छ ।

सम्बन्धित समाचार

पर्यटक भित्र्याउन ‘प्रोटोकल’ बाधक, भ्रमण रद्ध गर्दै पर्यटक
पर्यटन

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने
पर्यटन

बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा
पर्यटन

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
पर्यटन

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

संसद बैठक पहिले प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

प्रचण्ड–माधव समूहले भन्योः पूर्वप्रधानन्यायाधीलाई नधम्क्याऊ,निरंकुश र अधिनायकवादी चरित्र रोक्न ओलीलाई चेतावनी

संसद बैठक सुरु हुन पहिले सभामुखसंग प्रचण्ड–मावध समूहको छलफल

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.