• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, ९ माघ शुक्रबार २०:३६
0
दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
6
SHARES
11
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाण्डौ ।

ads
×

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ ।

निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली अद्यावधिकलगायतका काम थालेको हो ।

निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल शुरुआत गरेको छ । निर्वाचन कार्यालयले आज मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक सम्पन्न ग¥यो ।

जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरेको जानकारी दिए ।

उहाँका अनुसार मृत्यु, बसाइसराईलगायतका कारण मतदाताको विवरण हटाउनेदेखि नामावलीमा रहेका त्रुटीहरु सच्याउन माघ १६, १७ र १८ गते प्रत्येक स्थानीय तहमा अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको छ ।

यसका लागि निर्वाचन कार्यालयले माघ ११ गते सुर्खेतका नौवटै स्थानीय तहबाट एक÷एक जना कर्मचारीलाई सहायक नाम दर्ता अधिकारीका रुपमा तालीम दिई खटाउँदैछ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगको निर्देशनमा यही पुस ५ गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन कार्य बन्द गरेको छ । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यहाँका दुई क्षेत्रमा १३८ मतदानस्थल र २६३ मतदान केन्द्र थिए ।

यसपटक मतदानस्थल नबढ्ने तर मतदाता हेरी केन्द्रको सङ्ख्या थप हुने बताइएको छ । कार्यालयले यसपटक २७६ मतदान केन्द्र हुने अनुमान गरेको छ । २०७४ सालको निर्वाचनमा सुर्खेतमा दुई लाख चार हजार ५७७ मतदाता थिए । यसपटक करिब १५ हजार मतदाता थपिएका छन् ।

सबैभन्दा बढी प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा थपिएका छन् ।

कार्यालयका सूचना अधिकारी हिरानन्द पोखरेलले आयोगको निर्देशनअनुसार मतदानस्थलको भौगोलिक निर्देशाङ्क लिने काम भइरहेको बताउनुभयो । त्यसका लागि सबै मतदान केन्द्रहरूमा पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउने काम भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी रेग्मीले निर्वाचनसम्बन्धी कार्यक्रमहरुमा सबै राजनीतिक दलबाट सहयोग प्राप्त भएको बताउनुभयो । “निर्वाचनका नियमित कार्यक्रमहरुमा सबै दलको सकारात्मक सहयोग छ, हामीले आयोगको कार्ययोजनानुसार काम गरिरहेका छौँ,” उनले भने, “अहिले आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्याङ्क प्राप्त गर्ने, तथ्याङ्क एकीकरण गर्ने र प्राप्त तथ्याङ्कको जिल्लागत मतदाता नामावली तयार गर्ने काम भइरहेको छ, यी सबै काममा दलको सहयोग पाएका छौँ ।”

कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

यदि कसैले झुट्टा विवरण दिई नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेदेखि दाबी विरोधसम्मका कार्य यही माघ २० गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै आयोगले मतदाता नामावलीमा नामदर्ता कार्य बन्द गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं
राजनीति

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी भने एमालेमै रमाए

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.