काठमाडौं ।

नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहका सबै वडामा प्रदर्शन गदै छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको कांग्रेसले त्यसविरुद्ध चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको छ । सोही क्रममा कांग्रेसले आज ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले यसअघि माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन र सभा गरेको थियो । त्यस्तै पुस २५ गते ३ सय ३० प्रदेशसभा क्षेत्र र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको थियो ।
दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत आज वडाहरुमा प्रदर्शन हुन लागेको हो ।
प्रतिक्रिया लेख्नुहोस् :