• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

in अन्तराष्ट्रिय, राजनीति, समाचार
२०७७, ८ माघ बिहीबार ०८:४५
0
पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ।

“हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,” सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

उनका मुख्य आदेश कस्ता छन्?

कोरोनाभाइरस महामारी

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन्:

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
  • कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
  • सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
  • आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट

वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ:

  • सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने
  • विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए

आप्रवासन

आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन्:

  • ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
  • मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

आदेश गर्नु त सजिलो पाटो हो – एक विश्लेषण

बीबीसीका एन्थोनी जर्कर भन्छन् जो बाइडन तथा उनका टोलीसँग यी प्रारम्भिक कदमको तयारीका निम्ति झन्डै तीन महिना उपलब्ध थियो।

डोनल्ड ट्रम्पले उनको कार्यकारी आदेश जारी गर्नसक्ने शक्तिलाई आफ्नो राजनीतिक एजेन्डा अघि बढाउन प्रयोग गरेका थिए। त्यसैले बाइडनले कहिले र कसरी ती काम उल्ट्याउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

बाइडनले त्यसो गर्न धेरै समय लगाएनन्।

तर कार्यकारी आदेश जारी गर्नु त बाइडनका लागि सबभन्दा सजिलो पाटो हो। खास परिवर्तन गर्न त अब उनले यी विषयलाई दीर्घकालीन स्थायित्व दिनेगरि नीतिगत व्यवस्था गर्न सक्नुपर्छ।

त्यसका निम्ति उनले कङ्ग्रेससँग हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।

संसदको दुवै सदनमा डेमोक्र्याटहरूको झिनो बहुमत रहेकाले बाइडनलाई अवसर भने छ। तर त्यसका निम्ति उनले रिपब्लिकनहरूले तेर्स्याउन सक्ने प्राविधिक तथा प्रक्रियागत अवरोध छिचोल्न सक्नुपर्नेछ।

यहीँनेर बाइडनको दशकौँ पुरानो अनुभव काम लाग्न सक्छ।समाचार साभारःबीबीसी

ads
×

सम्बन्धित समाचार

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील
समाचार

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)
राजनीति

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं
राजनीति

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी भने एमालेमै रमाए

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा

देउवालाई प्रधानमन्त्री बनाउने शर्तमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रधानमन्त्रीको दौडबाट किन पछि हटे देउवा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा दायर गर्न कोमल ओली अदालतमा

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बंगलादेशबाट रासायनिक मल तत्काल नआउने

बङ्गलादेशबाट मल आज आइपुग्दै

आयोगमा सरकारको हस्तक्षेप हुन्न : प्रधानमन्त्री ओली

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

प्रहरी सेवामा समायोजन: प्रक्रिया जटिल र संवेदनशील

प्रहरीमा समायोजन प्रक्रिया चैतबाट

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसंगै गण्डकीका मुख्यमन्त्री पनि ढुक्क (यस्तो छ अवस्था)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.