काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहिबार भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् ।
आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् कार्यतालिका छ ।
शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११ः३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु हुनेछ ।
ज्ञवालीले नेपाल–भारत संयुक्त बैठकमा सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने बताइएको छ । यस्तै नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदिलाई भेट्ने वारे अहिलेसम्म सार्वजनिक भएको छैन । उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Discussion about this post