Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

मकवानपुरमा निर्वाचन तयारीः मतदानस्थल र केन्द्र पुनरावलोकन गरिँदै

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार १७:०८
0
दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
5
SHARES
10
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

मकवानपुर ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा आवश्यक काम अघि बढाएको  छ ।

कार्यालयले मतदानस्थल र केन्द्रको पुनरवलोकन तथा प्रत्येक स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने  कामको तयारी थालेको जनाएको छ ।

ADVERTISEMENT

अघिल्लो निर्वाचनमा तय गरिएका मतदानस्थल र  केन्द्रको पछिल्लो अवस्था साथै आवश्यक स्थानमा पुनरालोकनका लागि काम अघि बढाइएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या रहेको थियो ।

यद्यपि अहिलेको समय सन्दर्भमा मतदातालाई पर्ने पायक स्थानमा व्यवस्थापन गर्ने गरी मतदानस्थल र केन्द्रकोे व्यवस्थापन गरिने योजना रहेको प्रजिअ  रिजालले भने ।

यसैगरी जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि काम अघि बढाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ  । सोअनुसार आगामी माघ १५ गतेदेखि सबै स्थानीय तहमा १०÷१० सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि त्यस विषयमा जिल्ला निर्वाचन कार्यालय मकवानपुर आफ्नो तयारी शुरु गरेको जनाएको हो ।

आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा निर्वाचनका निमित्त आवश्यक अन्य तयारी तथा प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठकसमेत सम्पन्न भएको बताइएको छ  ।

सो बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरस्थित स्थानीय तहका प्रमुख, जिल्ला सुरक्षाप्रमुख तथा निर्वाचन कार्यालयका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार आसन्न निर्वाचनमा मकवानपुर जिल्लामा करीब दुई लाख ७२ हजार ४७८ जना मतदाता हुने प्रारम्भिक अनुमान छ । मतदाता सङ्ख्या तथा दूरीको हिसाबले मतदान केन्द्र तोकिएको थियो ।

यसअघि निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख पौडेलले भने । उनले मतदान केन्द्र मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुन सक्ने भए अर्को बैठकमा पेश गर्ने बसेको समितिको बैठकले निर्णय गरेको जानकारी दिए ।

माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक दलका व्यक्ति स्थानीयवासीसँग छलफल गरेर मापदण्डअनुसार मतदान केन्द्र थपघट तथा फेरबदल हुन सक्ने उनले भने ।

स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ  । प्रजिअको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक आगामी माघ १० गतेभित्र बस्ने भएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि स्थानीय तहमा आमजनताबीच निर्वाचनको विषयमा छलफल तथा विचार विमर्शहरु शुरु भएको पाइएको  छ  । अहिले सर्वोच्च अदालतमा फैसलाका क्रममा रहे पनि देशलाई राजनीतिक निकास दिन निर्वाचन नै उत्तम विकल्प रहेको हेटौंडावासीको भनाइ छ  ।

प्राध्यापक ललित दासले निर्वाचनमा जाने विषयलाई सबै दलले स्वीकारसमेत गरेको देखिएकाले निर्वाचनलाई नकार्न नसकिने विचार व्यक्त गरे । यस्तै स्थानीय हरिप्रसाद रिजालले स्थायी शान्तिका लागि दलहरु सहमत हुनुपर्ने र विकासको बाटोमा लाग्नुपर्ने बताए ।

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’
राजनीति

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार
अन्तराष्ट्रिय

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे
अन्तराष्ट्रिय

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै
शीर्ष खबर

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ
अपराध

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो
समाचार

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

Discussion about this post

ताजा समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.