Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

इटली: दशकौँयता विशाल माफियाविरुद्ध सुनुवाइ हुँदै

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार १५:०४
0
इटली: दशकौँयता विशाल माफियाविरुद्ध सुनुवाइ हुँदै
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

काठमाडौं ।

इटलीको सबैभन्दा शक्तिशाली माफिया समूह भनेर आरोप लागेको समूहका सदस्यहरूविरुद्ध इटलीमा सुनुवाइ गर्न लागिएको छ।

दशकौँयता त्यस्तो सुनुवाइ हुन सकेको थिएन।

ड्रङ्गेटा समूहमाथि गरिएको लामो अनुसन्धानपछि ३३५ सन्दिग्ध लुटेराहरू र भ्रष्ट अधिकारीमाथि अभियोग दायर गरिएको छ।

नौ सयभन्दा बढी साक्षीले सो सुनुवाइका क्रममा हत्या, लागुऔषध ओसारपसार, कालो धन र जबरजस्ती असुलीबारे प्रमाण दिने अपेक्षा गरिएको छ।

सुनुवाइ बुधवार शुरू हुनेछ र दुई वर्षसम्म चलिरहने अपेक्षा गरिएको छ।

सुनुवाइ दक्षिणी कलब्रिया क्षेत्रमा पुनर्निर्माण गरिएको एक भवनमा हुनेछ। यो ड्रङ्गेटा समूहको चलखेल हुने मुख्य भूभागका रूपमा चिनिन्छ।

सन् १९८० यता इटलीमा यति ठूलो स्तरमा माफियाको सुनुवाइ भएको छैन।

लामेजिया टेर्मे सहरमा रहेको कल सेन्टर भवनलाई पुनर्निर्माण गरेर सुनुवाइ गर्ने नयाँ स्थान बनाइएको हो।

सयौँ मानिस सहभागी हुन सक्ने गरी भवनको स्वरूप परिमार्जन गरिएको हो।

को हुन् अभियुक्त?

यस अघि सन् १९८६ -१९९२ सम्म भएको सुनुवाइभन्दा फरक बुधवार हुने ड्रङ्गेटा माफिया समूहभित्र मनकुसो परिवार भनेर चिनिने समूहविरुद्ध लक्षित रहेको बताइएको छ।

सन् १९८६ -१९९२ मा मुख्यतः सिसिलीका कोसा नोस्ट्रा परिवारविरुद्ध लक्षित थियो।

ड्रङ्गेटा कोसा नोस्ट्राभन्दा ठूलो समूह रहेको मानिन्छ। उनीहरू भिबो भ्यालेन्सियाको कलब्रिया प्रान्तमा सक्रिय छन्।

एएफपी समाचार एजेन्सीका अनुसार हालै भएको एक सुनुवाइमा अभियुक्तहरूको नाम पढ्न मात्रै तीन घण्टा लागेको थियो।

अभियुक्तहरूमा राजनीतिकर्मी, प्रहरी अधिकारी, सरकारी कर्मचारी र डकैती समूहका आरोपित सदस्यहरू छन्।

सबभन्दा ठूला मानिएका अभियुक्त ६६ वर्षीय लुइगी म्यानकुसो हुन्।

६६ वर्षीय उनी ‘अङ्कल’ भनेर चिनिन्छन्। उदाहरणका लागि केही अभियुक्तहरू ‘द वूल्फ’ अर्थात् ब्वाँसो, ‘फ्याटी’ अर्थात् मोटे र ब्लोन्डी जस्ता नामले चिनिन्छन्।

आरोपितहरू ४०० भन्दा बढी छन्। ९२ ले सुनुवाइको छिटो बाटो ‘फास्ट ट्र्याक’ चुनेका छन्।

अभियुक्तमध्ये अधिवक्ता तथा पूर्वप्रधानमन्त्री सिल्भिओ बेर्लस्कोनीको फोर्जा इटालिया पार्टीका सांसद जियानकार्लो पिटेली लगायत छन्।

पीटेली ड्रङ्गेटा समूहलाई राजनीति र अदालतजस्ता शक्तिशाली संस्थासँग जोडेको भन्ने आरोप अस्वीकार गर्छन्।

धेरैजसो अभियुक्तहरू डिसेम्बर महिनामा इटली, जर्मनी, स्वीट्जरल्यान्ड र बुल्गेरियामा गएका खानतलासीमा गिरफ्तार गरेर नियन्त्रणमा लिइएका हुन्।

आरोपहरू के के छन्?

ड्रङ्गेटाहरूले दक्षिण अमेरिका र अन्यत्रबाट आउने कोकिनको ठूलो मात्रा नियन्त्रण गर्ने गरेको विश्वास गरिन्छ।

सयौँ अभियुक्तलाई लागेको आरोप लागुऔषध अपराधभन्दा फरक किसिमका पनि छन्।

माफिया सञ्चालन, हत्या, हत्या प्रयत्न, असुली, अस्वाभाविक ब्याजदरमा ऋण दिएको, सरकारी सूचना चुहाएको र पदको दुरुपयोग गरेको लगायतका आरोप छन्।

अक्सफर्ड विश्वविद्यालयका अपराधसम्बन्धी प्राध्यापक फेडेरिको भरिसिले भने, “यो सुनुवाइले ड्रङ्गेटाले समाजमा कति गहिरो जरा गाडेको रहेछ भन्ने देखाउँछ।”

“सयौँ मानिसविरुद्ध मुद्दा चलाउनुपर्ने अवस्था आउनुले आपराधिक समूहको उपस्थिति देखाएको छ यो स्तब्धकारी छ।”

अभियोजनकर्ता निकोला ग्राटेरीले ड्रङ्गेटा समूह निमिट्यान्न पार्ने प्रण गरेका छन्।

तीन दशकदेखि प्रहरीको संरक्षणमा रहेका ६२ वर्षीय निकोला ग्राटेरी माफियाविरोधी प्रख्यात अभियोजनकर्ता हुन्।

उनले “मानिसहरूलाई सास फेर्न मुस्किल पर्ने गरी र मुटुको चाल ठप्प पार्ने गरी” दुःख दिइरहेको ड्रङ्गेटा समूह समाप्त पार्ने बताए।

प्रोफेसर भर्सिले मुद्दा सुनुवाइले मात्र उक्त समूहको अन्त्य नहुने चेतावनी दिएका छन्।

उनले भने, “उनीहरूलाई जेलमा हाल्न सकिन्छ तर उनीहरू अस्तित्वमा रहनुको कारण पत्ता नलगाएसम्म नयाँ ड्रङ्गेटाहरू पैदा भइरहनेछन्।”समाचार फोटो साभारः बीबीसी

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.