काठमाण्डौ ।
लोक सेवा आयोगले आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।
आयोगले नायब सुब्बा पदमा आवेदन माग गरेको हो । सातै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर आयोगले विज्ञापन प्रकाशन गरेको छ। माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ छन् ।
त्यस्तै ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गरिने आयोगले जनाएको छ । आवेदन दिन चाहनेका लागि माघ २० गते सम्मको समय छ ।
ADVERTISEMENT
अतिरिक्त शुल्क तिरेर भने माघ २७ गतेसम्म आवेदन दिन सकिने छ ।
आयोगले परिक्षाको मिति भने पछि जानकारी गराउने जनाएको छ । कोरोना महाममरिका काराण लोक सेवा आयोगका परिक्षा हुन सकिरहेका छैन ।
Discussion about this post