Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

काठमाडौँ उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार १२:०१
0
काठमाडौँ उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए । उनले भने, “अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हसरयो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।”

ADVERTISEMENT

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उनले भने, “डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।”

एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् ।

ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ । चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल
मुख्य समाचार

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

Discussion about this post

ताजा समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.