Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

थारु समुदायमा आजदेखि माघी पर्व सुरु

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार ११:३६
0
थारु समुदायमा आजदेखि माघी पर्व सुरु
5
SHARES
10
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

तराईका थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ ।

तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो ।  थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।

यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ ।

ADVERTISEMENT

विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ ।

त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउनुहुन्छ ।

उहाँका अनुसार माघीमा एक दिन पानी किनेर नुहाउनु पर्ने मान्यता छ । सोही कारण, नदी, पोखरी, तलाउमा नुहाउनेले आफू नुहाउनु अगाडि रुपियाँ, पैसा पानीमा छोड्ने गर्दछन् । नुहाइ सकेपछि घरका सबै व्यक्तिले चामल, नून, बेसार छुने र आफूभन्दा ठूलालाई सेवा ढोग गर्ने, सानालाई आशिर्वाद दिने चलन रहेको छ । यो दिन अत्यन्त महत्वपूर्ण रहेको र यहि दिनबाट थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको चौधरीले उल्लेख गर्नुभयो ।

यो वर्ष माघ १ गतेदेखि थारु सम्वत २६४४ लाग्ने जनाइएको छ ।

माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यो दिन प्राणी हिंसा गर्न बर्जित गरिएको र ढिक्री, तरुल जस्ता परिकार खाने चलन रहेको जनाइएको छ । माघीको दोस्रो दिनलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार/गाउँको आर्थिक हरहिसाब परिवार/गाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ ।

थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै माघको अन्तिम दिन हो । यसैगरी, यहि दिन नै आगामी दिनमा के, कसरी काम गर्ने भनेर त्यसको योजना बनाउने लगायतको कार्य हुने गर्दछ । यसलार्ई ‘खोज्नीबोज्नी’ र पर्वको अन्तिम दिनलाई ‘खिच्रहवा’ भनिन्छ ।

यस दिन परिवारको मूली र गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । भलमन्सा प्रथाबाट चल्दै आएको थारु समुदायले यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा लगायत अन्य पदाधिकारी चयन गर्ने गर्दछन् ।

यस दिन राम्रो काम गर्ने नेतृत्वकर्तालाई पुरस्कार स्वरुप पुनः एक वर्षका लागि नेतृत्वको जिम्मेवारी दिने गरिन्छ । तर, गाउँवासीले चाहे अनुसार काम गर्न नसकेका वा विभिन्न कार्यमा सकारात्मक भूमिका खेल्न नसकेका नेतृत्वकर्तालाई सम्मानपूर्वक जिम्मेवारीबाट बिदाई गर्ने गरिएको छ ।

माघी नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व रहेकाले यसलाई धुमधामसंग मनाउने गरेको धनगढी उपमहानगरपालिका–९ बङ्गराका दिनेश चौधरीले बताउनुभयो ।

यो वर्ष भने कोरोना कारण माघी मेला, महोत्सव नभएपछि विगत वर्ष जस्तो बढी रमाइलो नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘विगत वर्षमा ठाउँमा–ठाउँमा मेला, महोत्सव लागेका कारण चहलपहलझनै हुने गरेको थियो’, चौधरीले भन्नुभयो ।

माघीलाई मुक्त कमैया र मुक्त कमलरीले स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने गरेका छन् । माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिला बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको बताइन्छ । माघीपछि थारु समुदायमा विवाह, अङ्शवण्डा लगायतका कार्यको थालनी गरिन्छ ।

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.