Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

क्यापिटल हिंसा: ट्रम्पद्वारा आफ्नो सम्बोधन ‘पूर्ण रूपमा उचित’ भएको दाबी

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार ११:१९
0
हाम्रो देश खाली छैन, फर्केर जाऊ : ट्रम्प
7
SHARES
13
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन ‘पूर्ण रूपमा उपयुक्त’ भएको बताएका छन्।

उनले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ ‘मार्च’ गर्न समर्थकहरूलाई आग्रह गरेका थिए।

उनले ‘हूलदङ्गाको निम्ति उक्साएको’ आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई ‘हास्यास्पद’ को संज्ञा दिए।

राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने ज्यानुअरी २० तारिखदेखि ट्रम्पले कार्यालय छाड्दैछन्।

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उनीमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ।

तर ट्रम्पले भने, “मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न।”

उनी मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै थिए।

पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरी सहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।

ट्रम्पले के भनेका थिए?

वासिङ्टनमा ज्यानुअरी ६ तारिखमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्‍याएका थिए।

उनले आफ्ना समर्थकहरूलाई संसद् भवनतर्फ मार्च गर्न पनि आग्रह गरेका थिए।

ट्रम्पले हजारौँ समर्थकहरूलाई भनेका थिए, “हामीले क्यापिट जाँदैछौँ र हाम्रा पौरखी सिनेटर अनि सांसदलाई प्रेरणा दिनेछौँ, तपाईँहरूले शक्ति देखाउनु पर्छ र बलियो बन्नु पर्छ।”

उनले शान्तिपूर्ण ढङ्गले आफ्नो आवाज सुनाउन त्यसो गरिने बताएका थिए। तर उनका समर्थकहरूको क्यापिट भवन प्रवेश हिंसामा परिणम भयो।

उक्त घटनापछि भने ट्रम्पले एउटा भिडिओ सन्देशमा प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका थिए।

उनको भनाइ थियो, “चुनावलाई हामीबाट चोरियो। तर अहिले तपाईँहरू घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।”समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
मुख्य समाचार

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार
अन्तराष्ट्रिय

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्
शीर्ष खबर

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो
अर्थ

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली
अर्थ

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

Discussion about this post

ताजा समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.