Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार ११:११
0
नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने
9
SHARES
16
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

 काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारबाट सुरु हुने भारत भ्रमण कोभिड १९ सहकार्य र नेपाल भारत सीमा सहितका विषयमा केन्द्रीत हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने उल्लेख गरेको छ।

नेपालमा प्रतिनिधिसभाको विघटनपछि विकास भइरहेका घटनाक्रमका माझ परराष्ट्रमन्त्रीबाट हुन लागेको भारतको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कतिपयले आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेको यो सरकार कामचलाउ भइसकेको भन्दै यसले महत्वपूर्ण सवालहरूमा निर्णय गर्न नसक्ने बताइरहेका छन्।

नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षीसँगै संयुक्त आयोगको बैठकमा भाग लिने बाहेक उच्चस्तरीय भेटवार्ताहरू गर्ने पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

भ्रमणका मुद्दा के?

नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकका क्रममा नेपाल भारत सम्बन्धका कैयौँ विषयहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसमा व्यापार, पारवहन, उर्जा, सीमा, कोभिड-१९ सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरिएको छ।

यसअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा “नेपालले भारतले अतिक्रमण गरेको भूमी भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने” बताएका थिए।

नेपालको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव सहित अरू वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्र सहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो।

त्यसपछि दुवै देशबीच कूटनीतिक स्तरमा चिसोपन देखापरेको थियो।

उक्त विवादपछि भारततर्फबाट त्यहाँका बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्र सचिवले नेपालको भ्रमण गरेका छन्।

ज्ञवालीको भ्रमण उक्त विवादयता नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो।

नेपाली राजदूत यसो भन्छन्?

नयाँ दिल्लीबाट बीबीसीलाई प्रतिक्रिया दिँदै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भ्रमणको तयारी लगभग पुरा भएको जानकारी दिए।

उनले भने, “नेपालका तर्फबाट एउटा अन्तरालपछि भ्रमण भइरहेकाले यसको महत्व छ। यो भ्रमणले हाम्रो सम्बन्धलाई समीक्षा गर्नुको साथै राम्रो सम्बन्धलाई अझ राम्रो बनाउँछ भन्ने मेरो विश्वास छ।”

कतिपय भारतीय सञ्चारमाध्यमहरूले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा नयाँ दिल्लीले नेपाललाई कोभिड-१९ को महामारीसँग जुझ्न खोपहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्ने उल्लेख गरेका छन्।

नयाँ दिल्लीस्थित राजदूत आचार्यले त्यसबारे भारतीय पक्षसँग आफूले कुराकानी गरेको र नेपालले खोप प्राप्त गर्नेमा आफू आशावादी रहेको बताए।

गएको डिसेम्बर महिनामा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पत्र लेख्दै नेपालको कूल जनसंख्याको २० प्रतिशतका लागि खोप प्राप्त गर्न सहयोग गर्न अनुरोध गरेका थिए।

राजदूत आचार्यले भारतमा अक्सफर्ड-एस्ट्राजेनेकाको खोप उत्पादन गरिरहेको कम्पनी सिरम इन्स्टिच्युट र भारतकै घरेलु खोप निर्माता भारत बायोटेकका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.