Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

सामाजिक सञ्जालमा चर्चित पाँच मुख्य विषय – केपी शर्मा ओलीको अन्तर्वार्तादेखि ‘अघोषित’ लोडशेडिङसम्म

by केन्द्र खबर
२०७७, २९ पुष बुधबार ११:०३
0
सामाजिक सञ्जालमा चर्चित पाँच मुख्य विषय – केपी शर्मा ओलीको अन्तर्वार्तादेखि ‘अघोषित’ लोडशेडिङसम्म
27
SHARES
50
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

काठमाडौं ।

अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तादेखि प्रहरीले पृथ्वी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा हस्तक्षेप गरेकोसम्म विभिन्न विषयहरू निकै चर्चामा छन्।

ट्विटर र फेसबुकका प्रयोगकर्ताले ती विषयमा पक्ष-विपक्षमा भिन्नभिन्न मत व्यक्त गरिरहेको देखिन्छ।

तर्कवितर्क भइरहेकामध्ये पाँच मुख्य विषयलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ।

१. प्रधानमन्त्रीको हिन्दी अन्तर्वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्यूजका सम्पादक सुधीर चौधरीलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा देखिएको छ।

सोमवार राति प्रसारित अन्तर्वार्तामा ओलीले नेपाल-भारत सम्बन्धदेखि विभिन्न सांस्कृतिक तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका छन्।

एकथरीले अन्तर्वार्तामा प्रधानमन्त्रीको प्रस्तुति ‘बेजोड’ भएको भन्दै प्रशंसा गरिरहेका छन् भने अर्कोथरीले प्रतिनिधिसभा विघटनको विषयबारे प्रश्न तेर्स्याएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता लोकेश ढकालले ट्विटरमा प्रधानमन्त्रीको खुलेर प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, “जी टीभीको डीएनएमा कार्यक्रम प्रस्तोता सुधीर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतिलाई म स्यालुट गर्छु। उनको सबै विचारमा सहमत हुन नसकिएला, आफैँले भनेका छन् टुटेफुटेको हिन्दी होला। तर इतिहास र संस्कृतिको तथ्यसहित देशको स्वार्थमा उनको प्रस्तुति बेजोड थियो।”

तर ट्विटरमै वरिष्ठ अधिवक्ता तथा माओवादीका पूर्वसभासद खिमलाल देवकोटाले फरक मत राखेका छन्।

उनको तर्क छ, “हजार तर्क गर तर प्रतिगमनकारी संसद्‌ विघटनको औचित्य पुष्टि गर्न दुनियाँको कुनै ताकतले पनि सक्नेछैन। डुब्दाको सहारा परालको त्यान्द्रो!”

२. पृथ्वी जयन्तीमा ‘अवरोध’

सोमवार २९९ औँ पृथ्वी जयन्तीका अवसरमा राजधानी काठमाण्डूमा आयोजित एउटा कार्यक्रमका क्रममा प्रहरीले गरेको भनिएको हस्तक्षेपलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जान खोज्दा प्रहरीले धरपकड गरेको सहभागीहरूको आरोप छ।

त्यसमा सहभागीमध्ये एक बलीवुड अभिनेत्री मनीषा कोइरालाले त्यसप्रति आपत्ति जनाएकी छन्।

ट्विटरमा उनले लेखेकी छन्, “मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकता प्रतिको सामूहिक भावनालाई सरकारले सम्मान गर्नेछ। तर उसको व्यवहार ठिक उल्टो देखियो। पृथ्वीनारायण शाहको सालिकअगाडि नै सरकारको यो आपत्तिजनक कार्य? पानीको फोहोरा र अश्रुग्याससहित प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?”

तर नेपाल प्रहरीले त्यो आरोपको खण्डन गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले कार्यक्रममा कुनै खालको धरपकड नगरिएको मङ्गलवार बीबीसी न्यूज नेपालीलाई बताए।

“संयम अपनाउँदै सवारी आवागमनलाई सहज पार्न व्यवस्थापन मात्रै गरिएको हो। बाहिर चर्चा भए जस्तो त्यस्तो धरपकड भएको होइन,” उनले थपे।

अभिनेत्री मनीषालाई सम्बोधन गर्दै प्रताप विकासले लेखेका छन्ः “म पृथ्वीनारायणको शाहको खिलाफ हैन, न ओली र प्रचण्डकै खिलाफ हुँ। म त एक स्वतन्त्र नेपाली नागरिक हुँ। आजको यो नारा जुलुसले म चढेको एम्बुलेन्स आधा घण्टा जाममा पर्दा के भयो होला? दुई मिनेट ढिला पुगेको भए मैले मेरो बिरामीलाई बचाउन सक्ने थिइनँ म्याडमजी। सोच्नु हुन्छ सडक कसको हो?”

३. परीक्षा दिनबाट वञ्चित

शुल्क नतिरेको भन्दै वीरगन्ज न्याश्नल मेडिकल कलेजमा अध्ययनरत रामजी रामलाई एमबीबीएस तहको परीक्षाबाट वञ्चित गराइएको विषयले पनि सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ।

छात्रवृत्तिमा अध्ययनरत दलित समुदायका यी विद्यार्थीलाई परीक्षाबाट वञ्चित गराइएकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को विरोध गरेका छन्।

चिकित्सा शिक्षा आयोगले समेत उनललाई परीक्षामा सामेल गराउन लेखेको पत्र सार्वजनिक भएको छ।

ट्विटरमा डा. रामेश कोइराला लेख्छन्, “नेपालका सबै मेडिकल कलेजले टेबुल माथिबाटै हाकाहाकी थप पैसा लिन्छन् भन्ने कुरो सबैलाई थाहा छ। सरकारलाई गोप्य हुन्छ भनेर उजुरी दिएको कुरो हप्ता दिनमा कलेजका साहुकहाँ पुग्छ र विद्यार्थीलाई फेल गर्दिने थप यातना सुरु हुन्छ। देश ठोरीका रामका लागि स्वर्ग हो, वीरगन्जका रामजी रामका लागि हैन।”

सोही विषयमा नेत्री रन्जु दर्शना प्रश्न गर्छिन्, “रामजी राम नेपालको चमार समुदायबाट डाक्टर पढ्न पाउने मात्र दुई व्यक्तिमध्ये एक हुन् जसलाई आज परीक्षा हलबाट निकालियो पैसो पुगेन तिर्न भनेर। सरकारले दिएको छात्रवृत्तिपछि लाग्ने पैसो उनले बल्लतल्ल जोहो गरेर बुझाए तर अझै परीक्षा दिनबाट किन रोक रामजी रामलाई?”

४. स्वास्थ्यमन्त्रीको पत्रकार सम्मेलन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सोमवार बोलाएको आकस्मिक पत्रकार सम्मेलनबारे पनि सामाजिक सञ्जालमा चर्चा भएको छ।

पत्रकार सम्मेलनमा उनले कोरोनाभाइरसविरुद्धको खोप आउनेमा ढुक्क हुन आग्रह गर्दै सबैले निःशुल्क पाउने बताए।

तर कतिपले त्यसप्रति आशङ्का व्यक्त गरेका छन्।

ट्विटरमा सुदीप खनियाले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “लु अब पक्का भो! इन्डियन खोप- ल्हासाको सुन हुने भो।”

५. अहिले ‘अघोषित’ लोडशेडिङ

पछिल्लो समय नेपाल विद्युत्‌ प्राधिकरणले ‘अघोषित’ रूपमा लोडशेडिङ हुने गरेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन्।

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाण्डू उपत्यकाको विद्युत् प्रणाली सुधारसम्बन्धी विषयमा छलफल भएको थियो।

तर सोही दिन उपत्यकाका विभिन्न ठाउँमा बत्ती आउनेजाने क्रम देखिएको सामाजिक सञ्जालमा कतिपयले उल्लेख गरेका छन्।

पत्रकार अखिलेश उपाध्यायको ट्वीट छ, “यो लोडशेडिङ हैन, टिपिङ मात्र हो। कसले सिकाउँछ यी महान् हस्तीहरूलाई शब्दका भकारी? बत्ती बालिदेऊ भनेका न हुन् जनताले।”समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
मुख्य समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु
शीर्ष खबर

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन
मुख्य समाचार

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
Uncategorized

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
मुख्य समाचार

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो
मुख्य समाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

Discussion about this post

ताजा समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.