पोखरा ,२० पुस
गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले विश्वको महत्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हर हिसाबले सिंगानुपर्ने बताएका छन् । सोमबार
पोखरा महानगर वडा न–६ स्थित नहरमार्ग ढलान बाटो शिलान्यास गर्दैै उनले यस्तो बताएका हुन् । उनले त्यसका त्यसकालागी अझै उत्तरदायी भएर आफू लागि रहने प्रतिवद्धता जनाए। पहारीले गुणस्तरीय निर्माण लागि निरन्तर अनुगमन गर्न स्थानीयलाई आग्रह गरे।
बिकास बाहेक आफ्नो कुनै सपना नभएको बताएका उनले आफ्नो निर्बाचन क्षेत्र उदाहरणीय बनाउन लागि परेको बताए। त्यस अबसरमा पहारीले आफ्नो गण्डकी प्रदेश निर्वाचन क्षेत्र कास्की ३(ख) मा संचालित बिकास आयोजनाहरुको बारेमा जानकारी समेत दिएका थिए।
जिल्ला इन्जिनियर किरण आचार्यले समयमै सम्पन्न गर्न हरतरहले लागि पर्ने भन्दै स्थानीयहरुलाइ आफ्नो सहयोग र सहभागिता बढाउन आग्रह गरे। गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय पुर्बाधार बिकास कार्यालयका इन्जिनियर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने भन्दै गुणस्तरमा कुनै कमजोरी हुन नदिने बताए।
पर्यटन बोर्डका पुर्ब सदस्य एबम पर्यटन व्यावसायि अग्नि कडेलले बिकासमा सबै स्थानियहरु एक भएको भन्दै पर्यटनको केन्द्र लेकसाइडमा बिश्वकै ध्यान पुग्ने हुँदा यसको बिकास मात्रै नभै समय अनुसार यसको रुपान्तरणमा आफुहरु प्रतिबद्ध भएको बताए।
पोखरा महानगर वडा न ६ का वडा अध्यक्ष जगत पाहारिले बिकास निर्माणका कार्य बिना बिबाद सम्पन्न हुनुपर्ने भन्दै त्यसकालागी वडा कार्यालय समन्वयमा सधै तयार रहेको बताए।
उनले आफ्नो ठाउँ बनाउन स्थानीयहरु आफै सरिक र सहभागी समेत हुनुपर्ने बताए। उनले बिकासमा जनबल नै सर्बेसर्बा भएको भन्दै होस्तेमा हैसे गर्न स्थानीयलाई आग्रह समेत गरे। सो शिलान्यास कार्यक्रममा होटेल एसोसिएसनका केन्द्रीय सदस्य भरतराज पराजुली ,पर्यटन बोर्ड पुर्ब सदस्य बासु त्रिपाठी , टान पश्चिमाञ्चलका दित्तिय उपाध्यक्ष कृष्ण आचार्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थिए। करिब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पुर्बाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कुल लागतमा सम्पन्न हुने बताइएको छ।
सो बाटोको परिधी कन्स्ट्रक्सनले ५ महिना भित्र सम्पन्न गर्ने गरि निर्माण कार्य शुरु गरेको हो। नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिब गोपि भट्टराई र स्वागत खहरे टोल बिकास संस्था अध्यक्ष खिमलाल पहारीले गरेका थिए।
Discussion about this post