Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न दुई योजनाको ठेक्का प्रक्रिया विवादित

by केन्द्र खबर
२०७७, २० पुष सोमबार ११:३७
0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न दुई योजनाको ठेक्का प्रक्रिया विवादित
3
SHARES
6
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गर्न लागेको रु दुई करोड ७२ लाख लागत अनुमान गरिएका दुई वटा योजनाको ठेक्का प्रक्रिया विवादित बनेको छ ।

एक करोड ९२ लाखकोे शिख माविको छात्रावास र रु ८० लाख १६ हजार लागतको हिस्तान–औला (गुरगुरे) सडक आयोजनाको ठेक्का प्रक्रिया विवादित बनेको हो ।

ADVERTISEMENT

गत मङ्सिर १२ गते गाउँपालिकाले यी दुईबाहेक रु ४७ लाख ९९ हजार ९२७ लागतको राम्चे–हिस्तान सडक आयोजना र रु १९ लाख ९९ हजार ९११ लागतको पाउद्वार तातोपानी कुण्डको एउटै सूचनामा विद्युतीय माध्यमबाट ठेक्का आह्वान गरेको थियो ।

मङ्सिर २८ गतेनै म्याद सकिएको पाउद्वार तातोपानी कुण्ड निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको क्रममा छ ।

त्यसबाहेक अन्य तीन वटा योजनाको बोलपत्र पेश गर्ने अन्तिम म्याद २०७७ पुस १३ गते दिउँसो १२ बजेसम्म थियो । अन्तिम दिनको बिहान १०ः१५ बजेसम्म सार्वजनिक खरिद कार्यालयको सर्भरमा समस्या देखिएपछि निर्माण व्यवसायीहरुले गरेको अनुरोध र खरिद ऐनमा भएको व्यवस्थाअनुसार गाउँपालिकाले चार दिन म्याद थप गर्ने निर्णय गरेको थियो ।

तर एउटाको म्याद थप र दुई वटाको नभएपछि निर्माण व्यवसायी र गाउँपालिकाबीच विवाद उत्पन्न भएको हो ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका सदस्य कृष्ण बरुवालले स्वच्छ प्रतिस्पर्धा गरेर ठेक्का प्रक्रियामा भाग लिन वञ्चित गराइएको बताए । “ठेक्का हाल्ने अन्तिम दिनको बिहानैदेखि सर्भर नखुलेको सूचना कार्यालय प्रमुखलाई गराएपछि म्याद थप गर्ने निर्णय गर्नुभएको थियो”, उनले भने, “तर निर्णयविपरीत एउटा योजनाको म्याद थप्ने र दुई वटाको नथप्नु अन्यायपूर्ण र शङ्कास्पद छ । हामीलाई म्याद थपियो भनेर पठाउने तर रातारात ठेक्का खोल्नुको नियतमा प्रश्न उठेको छ ।”

राम्चे–हिस्तान सडक आयोजनाको म्याद भने पुस १७ गतेसम्मका लागि थपिएको थियो । पुस १४ गते साँझ छात्रावास र हिस्तान–औला गुरगुरे सडक आयोजनाको ठेक्का खोलिएको थियो । छात्रावास बनाउन १० वटा र सडक बनाउन ११ वटा फर्मले विद्युतीय माध्यमबाट प्रस्ताव पेश गरेका छन् ।

सार्वजनिक खरिद ऐनले प्राविधिकलगायत समस्या देखिएमा ठेक्काको म्याद थप गर्ने अधिकार सम्बद्ध कार्यालय प्रमुखलाई दिएको छ । एउटै समस्या भएका कुनै योजनाको म्याद थपिने र कसैको नथपिएकोमा प्रश्न उठेको हो । अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत नवीन सुबेदीले म्याद थपको काम गर्दा गर्दै दुई वटा योजनाको समय सकिएकाले खरिद कार्यालयको रायअनुसार ठेक्का खोलिएको प्रतिक्रिया दिए । “तीन वटै योजनाको सँगै म्याद थप गर्न सार्वजनिक खरिद कार्यालयमा पत्र पठाएका थियौँ”, उनले भने, “एउटा योजनाको म्याद सकिनु अगावै संसोधन गरेका रहेछन् । म्याद सकिएपछि स्वतः सर्भर बन्द हुने भएकाले अन्य दुई वटाको समय थप हुन सकेन ।”

खरिद कार्यालयसँग परामर्श गरेर ठेक्का खोली गाउँपालिकाका अध्यक्षबाट निर्णय सदर गराएको सुबेदीले बताए । नियतवश सर्भर ह्याक र ठेक्का प्रक्रियामा भाग लिन वञ्चित गराएको भन्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका निर्माण व्यवसायीहरुले अदालत जाने बताएका छन् ।

खरिद कार्यालयको कमजोरीले समस्या सिर्जना भएका कारण खरिद कार्यालयनै जवाफदेही हुनेपर्ने गाउँपालिकाका कर्मचारीहरुको तर्क छ । अन्तिम समयमा मिलेमतो गरेर ठेक्का हाल्ने निर्माण व्यवसायीहरुले भनेजस्तो नभएपछि ठेक्का रद्द गराउन चलखेल गर्ने गरेको कर्मचारीहरुले बताएका छन् ।

 

सम्बन्धित समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
मुख्य समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु
शीर्ष खबर

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन
मुख्य समाचार

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
Uncategorized

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
मुख्य समाचार

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो
मुख्य समाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

Discussion about this post

ताजा समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.