काठमाडौं ।
सरकारलाई काम गर्न नदिएको र पार्टीलाई विघटन गरेको आरोप लागाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधवलाई पार्टीमा फिर्ता आउन आग्रह गरेका छन् ।
काठमाडौंमा ओली निकट अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी यूनीयनको भेलालाई सम्बोधन गर्द प्रधानमन्त्री ओलीले सच्चिउर आएमा माफि गरिदिने बताए ।
ओलीले भने,“फिर्ता आउनुस् अपराध माफ गरिदिउँला, पार्टीबाटै कसैलाई हटाएको छैन ।”
‘कार्यकारी भन्ने पद मैले दिएको थिएँ । कार्यकारी हुँदा अन्त्यन्तै उपद्रो मच्चाउनुभया, त्यो मैले हटाइदिएको छु । अध्यक्षको पद अझै पनि राखेकै छौँ आउनुहोस् ।’
उनले वरिष्ठ नेताको पदसमेत कायमै राखेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाईसमेत पार्टीमा आउन आग्रह गरे।
सोही प्रसंगमा ओलीले दुर्गन्ध फैलाएकाले प्रवक्ता श्रेष्ठलाई हटाएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको बताए । ‘प्रवक्तालाई हटाइएको छ तर सचिवालय सदस्य कायमै राखिएको छ।’
Discussion about this post