सुर्खेत ।
कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक प्रदेशसभा सदस्य प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।
सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेको मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको जानकारी दिएका छन् ।
ADVERTISEMENT
मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए ।
Discussion about this post