बुटवल ।
प्रचण्ड–माघव समूह छाडेर ओली समूहतिर लागेका लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपानेले प्रचण्ड–माधव समूहलाई प्वाख पलाएको कमिलाको संज्ञा दिएका छन् ।
क्रान्तिकारी कुरा गरेर भावना खेलेर तमाम नेता कमरेडको उछितो काड्दै हिड्नुभएको छ जव कमिलाले प्वाख हाल्छ उसको मृत्यु तिर उन्मुख हुन्छ भन्ने मैले बुझेको थिए न्यौपानेले भने, साथिहरुले सही निर्णय गर्न नसकेर अहिले हाम्रा नेताहरुकोविरुद्धमा पार्टी अध्यक्षको विरुद्धमा अनरलगत प्रचार गरिरहनु भएको छ ।
दुइ दिन पहिले ओली समूहमा आवद्ध भएका न्यौपानेले बुटवमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रचण्ड–माधवले आफ्ना मान्छेलाई आयोग र राजदुत बनाउन नपाएर पछि पार्टी सिध्याउन षड्यन्त्र गरेको बताए ।
५ वर्ष कुर्न हतार भयो छिट्टै प्रधानमन्त्री बन्ने लालचले पार्टीमा विग्रह निम्त्याउनुभयो । नेता न्यौपानेले सडकमा गएर समस्या समाधान नहुने भन्दै ओली समूहमा आवद्ध हुन आग्रह गरे ।
न्यौपानेले भने, कमरेडहरु तपाई आउनोस् तपाईहरुलाई हाम्रो पार्टीमा स्वागत छ, तपाईहरुलाई नेता मान्न अहिले पनि तयार छौं ।
राजनितिक, बैचारीक कुनै मतभिन्नता छैन, संगठनात्मक कुनै मतभिन्नता छैन तर सत्ता स्वार्थका कारण तछाडमछाड गरेर आज सडकमा आन्दोलन गर्ने भनेर अगाडी बढिरहनुभएको छ, उहँहरुले जे गरिहनुभएको छ सही गरिहनु भएको छैन । न्यौपानेले थपे दुइतिहाइको नजिक पुगेको पार्टीलाई विघटन गराउने बिर्सजन गराउन सड्यन्त्रमुलक तरिकाले अगाडी बढ्नुभयो । त्यसकारणले हाम्रो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीले बाध्यतावस प्रतिनिधिसभा विघटन गरेर जनताको जनमत लिनको लागि जनतालाई आव्हन गर्नुभयो ।
उहाँहरु निर्वाचनलाई स्विकार गर्न नसकेर जनताबाट डराएर तथानाम बोल्दै सडकमा उत्रिनुभएको छ । साथीहरु समयमै सचेत बनांै सजक बनौं नेपालको कम्युनिष्ट आन्लोलनलाई गोलबन्द गर्द एकताबद्ध गरौ । हामी फुट्न चाहेका छैनौ, जुट्न चाहेका छौं ।
Discussion about this post