काठमाडौं ।
नेपाली कांगेस केन्द्रीय कार्यमितिको बैठक आज बस्दै छ ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकका पछिल्लो राजनितिक घटन क्रमका वारे छलफल हुने कांग्रेसले जनाएको छ । प्रतिनिधि सभा विघटन भए पछि अवको रणनीति के हुने भन्नेका कांग्रेस भित्र विवाद छ ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध सुनुवाई चलिरहेको अवसथमा सडक आन्दोलन गर्न नहुने र संसद पुनस्थापनाका लागि दववा दिनुपर्ने भन्ने दुइ धार कांग्रेसमा छ ।
त्यस्तै सभापति शेरबहादुर देउवा चुनाव केन्द्रीत हुनुपर्ने पक्षमा छन्, भने बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री ओलीले निर्वाचन गर्छन भन्नेमा विश्वास नभएकाले चुनावको लागि दवाव दिन पनि सडकमा उत्रनुपर्ने पक्षामा उभिएका छन् ।
यस पहिलेको केन्द्रीय समितिको बैठकमा पनि नेताहरुको दुइथरी भनाई आएको थियो ।
आज पनि नेताहरुले बोल्ने क्रम जारी छ । सभापति देउवाले अदालतमा विचाराधीन मुद्धालाई छलफल नबनाउने पक्षमा छन् भने, बरिष्ठ नेता पौडेल संसद पुनस्थापनको विषय लिएर सडकमा जाने प्रताव बैठकमा लैजाने बुझीएको छ ।
कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक भनेको छ ।
Discussion about this post