कञ्चनपुर ।
७१ वर्षीया खण्टी भुलको हत्यामा संलग्न रहेको आरोपमा ४९ वर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
पुुुुस ११ गते खण्टीको घरभित्रै हत्या गरिएको अवस्थमा शव फेला परेको थियो। कैलालीको मोहन्याल गाउँपालिका–५ घर भएकी भुल हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविर बस्दै आएकी थिइन् ।
अनुसन्धान क्रममा विकको घरमा खण्टीको सुनको मुन्द्रा दुई थान, तिलहरी र हत्या गर्न प्रयोग गरेको हतियार, चप्पल, कपडा, बासुलो फेला परेको प्रहरीले सार्वजनिक गरेको छ ।
‘घरमा कोही नभएको मौका पारी विकले नाक, कान र घाँटीमा रहेका गहना लुट्ने उद्देश्यले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरमा एक्लै रहेको मौका छोपी छिमेकी समेत रहेका दलबहादुरले धारिलो हतियार प्रयोग गरेर हत्या गरेपछि गहना लुटेर घरमै लुकाएको कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले बताए ।
Discussion about this post