पोखरा
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश–१ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
शनिबार भएको सेमिफाइनल खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
ADVERTISEMENT
उप–विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।
Discussion about this post