पोखरा, १८ पुस
भाघे सक्रान्ती अर्थात १ माघ देखि पर्यटकीय गन्तब्य धान्द्रुक पर्यटक जान पाउने भएका छन् । कोरोना संक्रमणको त्राससंगै गत ९ महिना देखि बन्द रहेको घान्दु्रक स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खोलिने भएपछि पर्यटक जान पाउने भएका हुन् ।
९ महिना पछि घान्दु्रकमा पर्यटकीय गतिविधिका लागि खुला गरिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले जानकारी दिए । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमगरी अब पर्यटकलाई न्यानो आतिथ्यता गर्न घान्द्रुक तयार भएको उनले बताए ।
लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित घान्द्रुकबासी मारमा पर्दै गएको र पोखराका पर्यटकीय संघसंस्थाले पनि खोल्न आग्रह गरेकाले खोल्ने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।
स्वास्थ्यका सबै मापदण्ड पुरा गर्नुका साथै पुगेका पर्यटकलाई समस्या भए आइसोलेशनको व्यवस्था गरिएको उनको भनाई छ । ‘हामी स्वास्थ्यसुरक्षाका लागि सबै उपाए अपनाएका छौं । एकजना नर्स सहित सुविधासम्पन्न आईसोलेशनको समेत व्यवस्था गरेका छौं,’ उनले भने ।
उक्त क्षेत्र खुलेसंगै पर्यटक घान्द्रुक सहित घोरेपानीसम्म पुग्न सक्नेछन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय गन्तव्य घान्द्रुक खुल्नु खुशीको विषय भएको बताए । पर्यटकीय आउ भन्ने तर, पर्यटकीय क्षेत्र नखुल्दा समस्या रहने भन्दै उनले घान्द्रुक २/३ महिना अघि नै खोल्नुपर्नेमा ढिलाई भएको बताए ।
हामीले पर्यटक आउ भनिरहँदा पर्यटकीय क्षेत्रहरु बन्द छन्,‘पर्यटकीय क्षेत्र बन्द गरेर पर्यटक बोलाउनु भनेको बाटो छेकेर आउ भनेजस्तै हो, त्यसैले यी क्षेत्रहरु खुल्नु पर्छ, घान्द्रुक क्षेत्र खुल्दा हामी खुशी छौं ।’उनले अन्य पर्यटकीय क्षेत्रपनि खुलाउँदै लैजानुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले अब पर्यटकीय गन्तव्य क्षेत्र खुलाउँदै जानुपर्ने बताए । आफूले पहिलेदेखि नै घान्द्रुक खोल्न आग्रह गरिरहेको भन्दै ढिलै भएपनि घान्द्रुक क्षेत्र खुल्दा पर्यटनमा उत्साह थपिने विश्वास व्यक्त गरे ।
पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नीप्रसाद कँडेलले घान्द्रुक क्षेत्र खुल्नु व्यवसायी र पर्यटक दुबैका लागि खुशीको कुरा भएको बताए ।
‘अब सँधै कोभिडदेखि डराएर हुँदैन,’ उनले भने, ‘कोभिडसँग जुध्दै पुरानै लयमा फर्किनुको विकल्प छैन ।’ उनले आम्दानी नै नभएपछि भोलि भोकमरीको अवस्था आउने भन्दै त्यो अवस्था आउन नदिन सरकार, निजी क्षेत्र र आम नागरिक सबै अग्रसर हुनुपर्ने बताए ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले आजसम्म सर्भाइभ ठूलो मानिएपनि अब पर्यटन व्यवसायलाई रिभाइभतिर लैजानुपर्नेमा जोड दिए । टान पोखराका अध्यक्ष सुशील पौडेलले अब पर्वतारोहण संघका शेषकान्त शर्माले अब नेपालीहरुपनि मर्यादित ढंगले पयदयात्रामा निस्कनुपर्ने बेला आएको बताए ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले २२ औं सडक महोत्सवमा आएको आन्तरिक पर्यटकले घान्द्रुकको बारेमा चासो राखेको जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख राजकुमार गुरुङले घान्द्रुक खोल्ने निर्णय ढिलो आएपनि राम्रो निर्णय आएको उल्लेख गरे । यही पुसबाट मुक्तिनाथ समेत खुल्ने जानकारी आएको भन्दै उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्ने पर्यटकले प्रतिदिन ४९ डलर प्रतिदिन खर्चगर्ने गरेका जानकारी दिए ।
Discussion about this post