Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो

by केन्द्र खबर
२०७७, १८ पुष शनिबार ११:००
0
ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो
21
SHARES
38
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

पोखरा ।
अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ।

उनको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसद्ले यस्तो गरेको हो।

नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो।

सिनेटमा ८१ जनाले यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएका थिए। उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन्।

जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ।

प्रक्रिया

अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ।

नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ।

अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए।

अमेरिकी संसद्मा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।

अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो।

सत्र सुरु हुनुअघि सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

उनले भनेका थिए: “हामीले ५९ वर्षदेखि लगातार यस विधयेक पारित गर्दै आएका छौँ। आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ।”

ट्रम्प के चाहन्थे?

उनले उक्त विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे।

मतदानपछि ट्रम्पले ट्वीटमार्फत् प्रतिक्रिया जनाएका छन्, “हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ। जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ। दयनीय!”

संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ।

तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन्।

त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन्।

राष्ट्रपति ट्रम्पले यसअघि आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए। र ती सबैलाई त्यहाँ उनका रिपब्लिकन सांसद्हरूले साथ दिएका थिए।

झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४,५०० पृष्ठको उक्त विधेयकलाई ट्रम्पले ‘चीन र रुसबाट आएको उपहार’ बताएका छन्।

सम्बन्धित समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
राजनीति

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ
अर्थ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात
अपराध

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

Discussion about this post

ताजा समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.