Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

प्रदेश २ का नेकपामा तनाव, संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

by केन्द्र खबर
२०७७, १७ पुष शुक्रबार १२:४०
0
प्रदेश २ का नेकपामा तनाव, संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव
18
SHARES
33
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

जनकपुरधाम ।

विभाजित नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दल विभाजनको तयारी थालेको छ । त्यसका लागि दलका नेता सत्यनारायण मण्डललाई हटाउन लागिएको एक नेताले बताए ।

मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको प्रचण्ड–माधव समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए ।

ADVERTISEMENT

संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको उनले बताए ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् ।

आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोले दावी गरे । उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । अब गलत गर्ने सांसदहरुलाई पनि कारबाही अगाडि बढाउँछौं ।’

दुई दिनअघि मात्र ओली पक्षले पूर्व माओवादीका ६ सांसद आफ्नो पक्षमा लागेको दावी गरेको थियो । तर सांसद महतो भन्छन्, ‘तीन पूर्व माओवादीका सांसद मात्र ओलीतिर खुलेका छन् ।

तीन जना तटस्थ छन् । उनीहरु हाम्रो सम्पर्कमा छन् ।’

नेकपा प्रचण्ड–माधव समूहले आज बिहान पत्रकार सम्मेलन गरी पुस १८ गतेदेखि २४ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार बसेको बैठकबाट आन्दोलन गर्न नेकपा प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ ।

यस्तै पुस २५ मा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना सिरहाको बस्तिपुरमा गर्ने निर्णय पनि गरिएको छ ।

 

सम्बन्धित समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

Discussion about this post

ताजा समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.