Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

ब्रेक्जिट: इयू-यूकेबीच ४७ वर्षको सम्बन्ध आजबाट औपचारिक विच्छेद

by केन्द्र खबर
२०७७, १७ पुष शुक्रबार १०:१४
0
ब्रेक्जिट: इयू-यूकेबीच ४७ वर्षको सम्बन्ध आजबाट औपचारिक विच्छेद
5
SHARES
10
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

पोखरा ।

युरोपेली सङ्घबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै यूकेका लागि नयाँ युग सुरु भएको छ। जीएमटी समयअनुसार राति ११ बजेदेखि यूकेले सङ्घ अन्तर्गतका नियमहरूको पालना गर्न छोडेको छ।

यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ।

लामो समय लगाएर सम्पन्न भएको भए पनि ब्रेक्जिटसँगै अब यूकेको “स्वतन्त्रता उसकै हातमा रहेको” र ऊसँग “फरक र राम्रो” ढङ्गले काम गर्ने क्षमता रहेको ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले यूके आफूहरूको “मित्र र सहयोगी” रहने बताएका छन्।

नयाँ प्रावधानहरू लागु हुन लागेको अवस्थामा केही अवरोधहरू देखिन सक्ने यूकेका मन्त्रीहरूले चेतावनी दिएका छन्।

बन्दरगाहहरूमा मालसामान अड्किन सक्ने डरकाबीच अधिकारीहरूले सीमा सम्बन्धी नयाँ प्रणाली कार्यान्वयन गर्न आफूहरू तयार रहेको बताएका छन्।

२७ सदस्य राष्ट्र रहेको युरोपेली सङ्घबाट यूके गत वर्ष ज्यानुअरी ३१ तारिखमा बाहिरिएको थियो।

सन् २०१६ मा गरिएको ब्रेक्जिट जनमत सङ्ग्रहको करिब साढे तीन वर्ष पछि यूकेले यसतर्फ अन्तिम कदम चालेको हो।

भविष्यमा आवश्यक पर्ने आर्थिक सहकार्यको खाका कोर्नका लागि उसले ११ महिनासम्म सङ्घको व्यापार सम्बन्धी नियमहरू पालना गर्दै छलफल अघि बढाएको थियो।

माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र यूकेले क्रिसमसको अघिल्लो दिन ब्रेक्जिट पछिको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए।

कोरोनाभाइरस महामारीको असर, सीमामा अवरोध तथा आयातमा कर लगायतका समस्या झेलिरहेका थुप्रै ब्रिटिश व्यापारी समुदायका लागि व्यापार सम्झौता एउटा महत्त्वपूर्ण राहत हुने ठानिएको छ।समाचार फोटो साभारः बीबीसी

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.