Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

हप्तामा चार दिन काम, तीन दिन बिदा भए कस्तो फाइदा हुन्छ

by केन्द्र खबर
२०७७, १७ पुष शुक्रबार ०९:१३
0
हप्तामा चार दिन काम, तीन दिन बिदा भए कस्तो फाइदा हुन्छ
6
SHARES
12
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्
ADVERTISEMENT

पोखरा ।

इङ्ग्ल्यान्डको मिडल्यान्डस्थित एउटा सूचनाप्रविधि (आईटी) कम्पनीमा काम गर्ने फिलले विगत दुई वर्षदेखि साताको चार दिन मात्र काम गरिरहेका छन्।

“म काम गर्ने दिनमा कुल ३६ घण्टा व्यवस्थापन गर्छु र त्यसले राम्रैगरी काम गरिरहेको छ,” उनले भने।

“सबैभन्दा ठूलो फाइदा भनेको आफ्नो व्यक्तिगत कामहरूको तालिका बनाउन निकै सहज भएको छ।”

धेरै संस्थाहरूले साताको चार दिन मात्र काम गराउने योजनाको प्रतिरोध गरिहेका छन्। तर कामसम्बन्धी विषयको अध्ययन गर्ने एउटा थिङ्क ट्याङ्कले भने यो व्यवस्थाले फाइदा हुने बताएको छ।

काम गर्ने समयमा कटौतीले उत्पादकत्व वृद्धि गराई मूल्य वृद्धिलाई समायोजन गर्छ।

कोभिड-१९ सङ्कटको प्रारम्भिक चरण पार गरेको अवस्थामा पारिश्रमिक नघटाई साताको चार दिन काम गर्ने व्यवस्था धेरै कम्पनीका लागि सस्तो पर्न जाने उक्त संस्थाले दाबी गरेको छ।

तर धेरै पारिश्रमिक दिनुपर्ने उद्योगअन्तर्गतका केही संस्थामा यस्तो व्यवस्था धेरै चाँडो लागु गरे रकम प्रवाहमा केही समस्या हुनसक्ने उसको भनाइ छ।

“धेरैजसो संस्थाका लागि काम गर्ने समय घटाउने विषय निकट भविष्यमा नै पूर्ण रूपमा यथार्थपरक लक्ष्य हुनसक्छ,” पारिश्रमिक नघटाई काम गर्ने समय घटाउने विषयको वकालत गर्दै आएको संस्था अटोनमीका निर्देशक विल स्ट्रङले भने।

उनले सार्वजनिक निकायहरूबाट सुरु हुनेगरी हप्ताको चार दिन काम गर्ने व्यवस्था मिलाउनका लागि सरकारले अनुसन्धान गर्नुपर्ने बताए।

चुनौतीहरू

चार दिन काम गर्न पाउँदा आनन्द महसुस गरेका फिलले काममा खटिने व्यक्तिका लागि आफ्नै किसिमका चुनौतीहरू रहेको स्वीकार्छन्।

“कुनै कुरा नसकिँदासम्म काम गर्नुपर्ने अवस्था आए वा त्यसलाई छोड्न सकिने अवस्थामा दिन निकै लामो हुन सक्छ,” उनले बीबीसीलाई भने।

“फोनमा समय बिताउन पनि समस्या पर्न सक्छ। तर यी सब मिलाउन सकिने कुराहरू हुन्।”

पारिश्रमिक कटौती

एलन रेई स्विट्जरल्यान्डको एउटा स्टार्टअप कम्पनीमा काम गर्छन्।

“म हप्ताको चार दिन काम गर्छु वा स्विट्जरल्यान्डमा भनिने हिसाबले ८० प्रतिशत जागिर खान्छु,” उनले बीबीसीलाई भने।

“सोमवारदेखि बिहीवार अत्यन्तै उत्पादक रहन्छ र शुक्रवार म मेरा बालबच्चासँग समय बिताउँछु।”

एलनकी श्रीमती पनि साताको ५० देखि ७० प्रतिशत काम गर्छिन् जसको अर्थ उनीहरूले काम गर्ने भए पनि बच्चाहरूसँग पूरा दिन बिताउँछन्।

“घाटा के छ भन्दा म तलबको ८० प्रतिशत मात्रै कमाउँछु। तर श्रीमतीले पनि काम गर्ने हुँदा र बालबच्चाको स्याहारको जिम्मेवारी मिलेर गर्ने हुँदा हाम्रो हकमा यसले राम्रै काम गरिरहेको छ,” उनले भने।पोखरा । समाचार फोटो साभारः बीबीसी

सम्बन्धित समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल
मुख्य समाचार

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

Discussion about this post

ताजा समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.