Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

लोक सेवा आयोग : एक वर्षमा ३०४ जनामात्रै नियुक्ति सिफारिस

by केन्द्र खबर
२०७७, १७ पुष शुक्रबार ०९:०७
0
लोक सेवा आयोग : एक वर्षमा ३०४ जनामात्रै नियुक्ति सिफारिस
2
SHARES
4
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौंँ  ।

 लोकसेवा आयोगले सङ्घीय संरचनाअनुरूप तीन तहका प्रशासनिक संयन्त्रबीच समन्वयका लागि संस्थागत संरचनाको प्रबन्ध गर्न सरकारलाई सुुझाव दिएको छ ।

साथै आयोगले वर्तमान प्रशासकीय कार्यविधिमा रहेका कमी हटाई सेवा प्रवाह प्रभावकारी बनाउन विविध सुझाव पनि दिएको छ ।

ADVERTISEMENT

राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत आयोगको ६१औंँ वार्षिक प्रतिवेदनमा यस्तो सुुझाव दिइएको हो । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले राष्ट्रपतिसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म आयोगबाट सम्पादित काम कारबाही समेटिएका छन् ।

आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछिको यो छैटौंँ तथा अन्तिम प्रतिवेदन हो ।

आगामी चैत १० गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधि समाप्त हुँदैछ । यसर्थ निजामती, सुरक्षा निकाय र सङ्गठित संस्थाहरूका पदपूर्ति प्रक्रिया ठप्प हुन नदिन समयमै आयोगका पदाधिकारीको नियुक्ति हुन उचित पहल हुने अपेक्षा आयोगले गरेको जनाएको छ ।

प्रतिवेदनमा आयोगबाट सम्पादित पदपूर्तिसम्बन्धी काम कारबाही, आयोगको परामर्शदायी भूमिकाअन्तर्गत सम्पादित कार्य, विगतका सुझाव कार्यान्वयनको समीक्षासहित सार्वजनिक सेवामा गर्नुपर्ने सुधारका विषयमा सुझाव दिइएको छ ।

स्थितिमा क्रमशः सुधार
आयोगले विगतका प्रतिवेदनमा सार्वजनिक सेवामा सुधारका लागि दिएका सुझाव र तिनको कार्यान्वयन नभएको कुरा प्रतिवेदनमा समावेश गर्दै आएकोमा यस वर्षको प्रतिवेदनमा अहिले स्थितिमा क्रमशः सुधार भएको उल्लेख छ ।

सङ्घीय निजामती सेवा ऐनमा समेट्नका लागि गत तीनवटा वार्षिक प्रतिवेदनमा दिइएका सुझाव गम्भीरतापूर्वक लिई नेपाल सरकारबाट कानुन तर्जुमा हुने अपेक्षासहित यस प्रतिवेदनमा पुनः प्रस्तुत गरिएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगका प्रतिवेदनमाथि छलफल गर्ने असल कार्यको थालनी भएकोमा आयोगले आभार प्रकट गरेको छ ।

सम्पादन भएका कार्य
प्रतिवेदन अवधिमा कुल चार हजार ७५४ पदका लागि ६८४ बढुवा सूचना, ९२ आन्तरिक प्रतियोगितात्मक विज्ञापन, १५७ खुला प्रतियोगितात्मक विज्ञापन र ३३४ वटा विभिन्न समावेशी समूहका विज्ञापन गरिएको छ ।

प्रकाशित विज्ञापनमा बढुवातर्फ चार हजार सात र आन्तरिक तथा खुलातर्फ अनलाइन प्रणालीमार्फत चार लाख ५१ हजार ५२६ दरखास्त परेका थिए ।

विज्ञापनहरूमा उम्मेदवार छनोट गर्न निजामती सेवा र स्थानीय सेवाका पदका लागि एक हजार दुुई सेट, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका लागि दुुई हजार १८६ सेट र जिल्ला न्यायाधीशका लागि १८ सेट परिमार्जित प्रश्नपत्र तयार पारी परीक्षा सञ्चालन गरिएको छ ।

दोस्रो चरणमा छनोट
निजामती सेवाका विभिन्न पदका लागि ३५ हजार ८६६ महिला र ५७ हजार १४६ पुरुष गरी कुल ९३ हजार १२ परीक्षार्थी परीक्षामा संलग्न भएका थिए ।

स्थानीय सेवातर्फ लिखित परीक्षामा एक लाख ५४ हजार दुुई महिला र एक लाख ५२ हजार ३१७ पुरुष गरी तीन लाख छ हजार ३१९ परीक्षार्थी सम्मिलित भए ।

धेरै सङ्ख्यामा दरखास्त पर्ने शाखा अधिकृत र नायब सुब्बा वा सोसरहका पदका लागि लिइएको प्रथम चरणको परीक्षाबाट १४.२५ प्रतिशत उम्मेदवार मात्र दोस्रो चरणका लागि छनोट भएको प्रतिवेदनमा उल्लेख छ ।

आठवटा विज्ञापनका कुल १२ पदका लागि लिइएको परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेका छैनन्  ।

निजामती सेवातर्फ ३०४ जना उम्मेदवार स्थायी नियुुक्तिका लागि सिफारिस भए ।

कोरोना महामारीका कारण परीक्षा स्थगित गर्नु परेकाले यस वर्ष सिफारिस सङ्ख्या कम देखिएको हो । स्थानीय सेवातर्फ भने प्रतिवेदन अवधिमा आठ हजार ६३९ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

समावेशी पदपूर्तितर्फ यस अवधिमा कुल १०३ जना नियुक्तिका लागि सिफारिस भएका छन् । यस प्रतिवेदन अवधिसहितका १३ वर्षमा सबै समावेशी समूहबाट कुल २१ हजार ६४९ जना उम्मेदवार सिफारिस भएका छन् ।

सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ चारवटा सुरक्षा निकाय र २९ वटा सङ्गठित संस्थाका २० हजार ३७१ पदका लागि विज्ञापन गर्न सहमति दिइएकोमा लिखित परीक्षामा ४१ हजार ८२४ महिला र ७४ हजार ४७३ पुरुष गरी जम्मा एक लाख १६ हजार २९७ सम्मिलित भएका थिए ।

तीमध्ये पाँच हजार ५०२ महिला र १२ हजार ५४७ पुरुष गरी १८ हजार ४९ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन् ।समाचार साभारः गोरखापत्र

सम्बन्धित समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
शीर्ष खबर

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

Discussion about this post

ताजा समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.