Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल–भारत सीमामा कडाइ गरिँदै

by केन्द्र खबर
२०७७, १५ पुष बुधबार १२:०७
0
भारतमा कोरोनाभाइरसको नयाँ प्रकार देखा परेपछि नेपाल–भारत सीमामा कडाइ गरिँदै
14
SHARES
26
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
सुरुमा यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी र क्वारन्टीनको नियम फेरि लागु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउनेगरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको उनीहरूको भनाइ छ।

यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको अधिकारीहरूको भनाइ छ।

ADVERTISEMENT

सीमाको स्थिति के छ
यूकेमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले यूकेबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

हाल नयाँ कोरोनाभाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्।

नेपाल–भारत सीमा खुला भएकाले भारतबाट कोरोनाभाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी निकायहरूले पनि निकालेका छन्।

तसर्थ स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी भन्छन्, जोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टीनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ। दश दिन क्वारन्टीनमा बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ।

के नेपालमा हुन्छ परीक्षण
नयाँ प्रकारको कोरोनाभाइरस यूकेबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठक एक पटक बसेको थियो।

भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ।अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोनाभाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।

यूकेबाट आएका मानिसको स्थिति के छ ?

यूकेबाट नेपाल आएकाहरू मानिसहरूलाई अहिले होटलमा क्वारन्टीनमा राखिएको र उनीहरूको परीक्षणको काम भइरहेको बताइएको छ।

परीक्षण भएकामध्ये पाँच जनामा कोरोनाभाइरस पुष्टि भएको र त्यो नयाँ प्रकारको कोरोनाभाइरस भएरनभएको निर्क्योल भइनसकेको अधिकारीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा डब्ल्यूएचओको हङ्‌कङस्थित सेन्टरमा नमुना पठाएर अध्ययन गर्दैछौँ।

नयाँ प्रकारको भाइरस निर्क्योल गर्न आवश्यक पर्न सक्ने सम्पूर्ण जीनोम सिक्वेन्सिङ गर्ने सुविधा नेपालमा नभएको उनले बताए।

तर आनुवंशिक अनुसन्धानको क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिकले नेपालमै यो परीक्षण गर्न सकिने सुविधा रहेको बीबीसीलाई बताए।

जीनोम सिक्वेन्सिङ गर्ने क्षमता हामीसँग छ। हाम्रो प्रयोगशालामा पठाए केही दिनमा नतीजा दिन सक्छौँ, सेन्टर फर मलेक्यूलर डायनामिक्सका अनुसन्धान निर्देशक समीरमणि दीक्षितले भने। समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
शीर्ष खबर

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

Discussion about this post

ताजा समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.