काठमाडौं ।
प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले बुधबार स्थायी कमिटी बैठक बोलाएको छ ।
पछिल्लो राजनितिक अवस्था र आन्दोलनको कार्यक्रम तय गर्न बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्डले जानकारी दिए ।
मध्यान्ह १२ बजे पेरिसडाँडामा बस्ने बैठकले ‘ओली प्रतिगमन’विरुद्ध थप सशक्त कार्यक्रम तय गर्ने स्थायी बताइएको छ ।
ADVERTISEMENT
४४ सदस्यीय नेकपा स्थायी कमिटीमा पार्टी विभाजनपछि प्रचण्ड माधव नेपाल पक्षमा २७ जना स्थायी कमिटी सदस्य छन् भने केपी ओलीको पक्षमा १६ स्थायी कमिटी सदस्य खुलेका छन् ।
उपाध्यक्ष बामदेव गौतम बाहेक अन्य सबै नेताहरुले कित्ता प्रष्ट पारिसकेका छन् ।
Discussion about this post