काठमाडौं ।
प्रचण्ड–माधव पक्षले वागमती प्रदेशसभा संसदीय दलको बैठक बोलाएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको उक्त समूहले काठमाडौंमा संसदिय दलको बैठक बोलाएको हो ।
मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित प्रदेश इन्चार्ज समेत रहेकी अष्टलक्ष्मी शाक्यले संसदिय दलको बैठक पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएकी हुन् ।
आफ्नो पक्षमा नेकपाका बहुमत सांसदहरु रहेकाले आफूहरु नै आधिकारिक भएको शाक्यको दावी छ । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा डोरमणि पौडेलसँग १० मतले पराजित भएकी थिइन् ।
माओवादी एमाले एकिकरण पछि अहिले प्रचण्ड–माधव पक्षको बहुमत रहेको उक्त समूहको छ ।आज बस्ने बैठकले शाक्यलाई नेता चयन गर्ने सम्भावना रहेको बताइन्छ ।
Discussion about this post