पोखरा ।
नेकपा प्रचण्ड– माधव समुहका नेता सुरेन्द्र पाण्डेले केपी ओलीको ओरालो यात्रा सुरु भएको बताएका छन् ।
जुन दिन संसद विघटन गर्नुभयो त्यही क्षेणबाट वाहाको ओरालो यात्रा सुरु भयो ।
संसद विघटनको विरुद्धमा पोखरामा भएको विरोध सभामा बोल्दै पाण्डेले ५ गते देखिनै वाहाको ओरालो यात्रा सुरु भयो, अब वाहाँलाई कसैले टेर्ने वाला पनि छैन ।
नेपाली जनताले सुम्पेको अधिकारलाई ओलीले फालिदिए । आफै अधिकार बिहिन सस्त्र विहिन हुनु भएको छ ।
ओलीले आफ्नो हैन अरुको सेटिङमा संसद विघटन गरका हुन् पाण्डेले भने, जसको सेटिङमा संसद भंग गर्नुभयो अब तिनैको सेटिङमा हिड्नुपर्ने छ ।
पाण्डेले प्रचण्ड–माघव समुह नै संस्थापन पक्ष रहेको बताए। बहुमत जता छ त्यही संस्थापन हो, हामीसंग बहुमत केन्द्रीय सदस्य छन् । माइनट हुदैमा संस्थापन नहुने उनको तर्क थियो ।
Discussion about this post