काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले आज सरकारले चालेको असंबैधानिक कदमको विरुद्ध देशभर शक्ति प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि उक्त समूहले आन्दोलनका कार्यक्रम घोषणगर्दै आज देशभर प्रदर्शन गर्न लागेको हो । ।
७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ ।
आइतबार जनता समाजवादी पार्टी र सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :